सिंहदरबारमा रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०८०, शुक्रबार ०६:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरबारको पश्चिम खण्डको काम छिटो सम्पन्न निर्देशन दिएका छन् ।

आज (बिहीबार) रेक्ट्रोफिट भइरहेको भवनको स्थलगत अनुगमन गर्दै उनले छिटो काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भुकम्पले क्षति पुर्याएको सिंहदरवालाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा पुननिर्माण गर्नु सुखद भएको बताए । ‘काम सन्तोषजक ढंगले अघि बढेको छ, अब वाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस’, उनले भने ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै उनले पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडी एनिमेशनको अवलोकन पनि गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सलग्न सबैलाई धन्यवाद दिए । शहरी विकास मन्त्री सीता गुरुडले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको बईन् ।

उनले पुननिर्माण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको बताईन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले सिंहदरवार पश्चिम खण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ ।

२०७६ सालबाट सुरु भएको रेक्ट्रोफिटको काम हाल ९५ प्रतिशत सम्पन्न भएको छ । करिब ४२ करोड लगानीमा पश्चिम खण्डको रेक्ट्रोफिटको काम भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पश्चिम खण्डको रेक्ट्रोफिटको काम र बाँकी कामको विषयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका निर्देशक कोषनाथ अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराए ।

आयोजनाले रेक्ट्रोफिटकोे काम सम्पन्न गरेर इन्टिरियरको ठेक्का पनि तत्काल लगाउने प्रक्रिया अघि बढाएको अधिकारीले बताए । उनका अनुसार पश्चिमी खण्डमा रहेको पोखरी र पार्क सौन्दर्यकरणको काम पनि अगाडि बढाउन लागिएको जानकारी गराए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१