‘सुन प्रकरणसँगै गिरीबन्धु टि स्टेट, गोकर्ण रिसोर्ट र ओम्नीको पनि छानविन गरौं’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०८०, बिहीबार ०५:५२

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले विभिन्न प्रकरणमा निश्पक्ष छानविन हुन नसक्दा संसद्प्रति जनताको गुनासो व्यापक बढेको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टि स्टेटको जग्गा, सुन, बालुवाटारको जग्गा, गोकर्ण रिसोर्ट, ओम्नी लगायतका प्रकरणमा सरकार जवाफदेही बन्न आवश्यक रहेको बताए ।

‘संसद्प्रति जनताको जनगुनासो तीब्र छ । यो विषयमा सकारले रुची देखाउन पर्नेछ । यो बीचमा थुप्रै काण्डहरु पनि बाहिरिएको छ, यो पनि सरकारको जवाफदेहितको विषय बनेको छ । नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टि स्टेटको जग्गा, सुन, बालुवाटारको जग्गा, गोकर्ण रिसोर्ट, ओम्नी लगायतका कुरा धेरै महत्वका साथ उठेको छ । यो विषयलाई नेपाली जनताले मात्रै नभएर छिमेकी राष्ट्रले समेत विशेष महत्वको साथ हेरिएको छ,’– उनले भने ।

यी प्रकरणमा दोषी जो भएपनि जनताले देख्ने र महशुस हुने कारबाहीको निर्देशन दिन पनि उनले सभामुख समक्ष आग्रह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१