काठमाडौं । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३ –२४ का लागी डिभिजन ६ को लेफ्टिनेन्ट गर्भनरमा रामहरी सुवेदी चयन भएका छन । सुवेदीले आगामी अक्टोबर १ देखि कार्यभार सम्हाल्नुहुने छ ।
मंगलवार आयोजित कार्यक्रममा वर्ष २०२३ –२४ का लागी डिभिजन ६ को लेफ्टिनेन्ट गर्भनरमा रामहरी सुवेदी चयन भएको हो । कार्यक्रममा बोल्दै लेफ्टिनेन्ट गर्भनर सुवेदीले आफ्नो कार्यकालमा किवानिज नेपाललाई विश्वमै परिचित बनाउने वताए ।
सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१६ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।
प्रतिक्रिया