प्रहरीमाथि आरजु र मन्जुको दलीय रंग !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०८०, बुधबार ०५:४०

काठमाण्डौ । नेपाल प्रहरीमा यस पटक बढुवा र सरुवामा कतै कसैको सोर्स लागेन् । जागीर प्रवेश नगर्दासम्म जय नेपाल र अभिवादन कमरेड भन्नेहरूको सम्वन्ध पोशाक प्रहरीको भएपनि काँग्रेस र एमालेबाट गृहमन्त्री हुँदा दलीय रंग देखिन्थ्यो । त्यही कारण हिजो आईजीपी बन्दा प्रतिस्पर्धाबाट बाहिरिन पर्दा एमालेका वकिल र न्यायाधीश प्रयोग गरिएका थिए । तीनैलाई राजनीतिक लेपन लगाएर सांसद बनाईयो । हिजोका प्रहरी सांसद छन् उनीहरू राप्रपा एमाले काँग्रेस भएका छन् । तीनले संगठन सुधारमा चासो दिएनन् । ध्रुववहादुर प्रधान, नवराज सिलवाल उदाहरण हुन् । सर्वेन्द्र खनाललाई सांसद अपहरणमा प्रयोग गरियो । त्यो वापत उनी नेकपा एमालेको हरूवा उम्मेदवार बनेर दुई पटकसम्म एमालेको मोर्चामा खडा भएर काँग्रेस र माओवादीको सत्तो सराप गर्न अग्रसर भए । जबकि माओवादी सरकारमा थिएन भने खनाल आईजीपी हुने थिएनन् । अहिले पनि प्रहरी माओवादी आत्मैदेखि सघाएको छैन् । माओवादी सत्तामा रमाउने दीर्घकालीन प्रभाव र चासो राख्ने जमात होइन् । सत्ताको रजाँइ गरेर लुटने काँग्रेसी लुटाहा समूह अपराध बोध गर्दैन् । अहिले पनि काँग्रेसको दवाव उस्तै छ । सभापति शेरवहादुर देउवालाई प्रयोग गरेर डा. आरजु र मन्जुहरू उपत्यका प्रहरी एआईजी श्याम ज्ञवाली अपराध अनुसन्धानका एसएसपी डा. मनोज केसी काठमाण्डौ परिसरका दानबहादुर कार्कीलाई सरुवा गर्न दवाव दिएरै सरुवा गरिछाडे । प्रहरीले काँग्रेसलाई संगठनको गुरु ठान्छ । किनकी जय नेपालको थेगो तेरो कि मेरो भन्ने ठट्यौलीमा रमाउने एउटा समूह प्रहरी भर्नादेखि कमाई गर्ने ठाँउमा पर्नका लागि सोर्स फोर्समै रमाउने गर्छ । आईजीपी हुन्छ भन्छन् प्रहरीभित्र अझै पनि पञ्चायत रुपी चरित्र छ । त्यही कारण काम गर्ने खेदिन्छन् । अधिवक्ता शितल पाण्डे प्रकरणमा टेकुमा पुगेको जनजाति समूहका आन्दोलनकारीहरूमाथि केही प्रहरीबाट गरिएको दमन र हातपात पनि हो । प्रहरीले मुस्कान सहितको सेवा टोल टोलमा प्रहरी भनेर ल्याएका योजना प्रहरी कै अचाडु चरित्रले बकम्फूसे बनाई दिन्छन् । आफू जुन कित्ताको हो त्यो कित्ताको सेवक वन्दा आईजीपी कुँवरले आफ्नो कमाण्ड देखाएका छैनन् । उनको टीममा दिपक थापा प्रशासन टेकवहादुर तामाङ, अपराध सन्दीप भण्डारी मानवश्रोत सुदिप गिरी प्रदेश समन्वय कार्य विभाग मिरा चौधरी सिआइवि किरण वज्राचार्य, उपत्यका श्याम ज्ञवाली र प्रशिक्षणमा टेक प्रसाद राई थिए । तर पनि आईजीपीको ताल प्रहरी संगठनको चुस्ततामा छैन् । धन्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले थाङ्नो बोक्न छाडेका छैनन् । नाटकिय विवादमा प्रहरी फस्ने गर्छ । सेवा सम्वन्धी चलचित्र उमेर हदको विवाद ३० वर्षे त्यहाँ वेला बखत प्रदर्शन हुन्छ । आईजीपी वशन्त कुँवर जसको कृपाबाट त्यो पदमा पुगे तीनका विस्वासी बन्दा बिवादमा पनि पर्छन् । प्रहरीले गृहको नेतृत्वमा माओवादी थिएन भने निर्मला पन्तको बलत्कारपछिको हत्यामा भोगेको असफलता जस्तै असफलता १ कुइण्टल सुन प्रकरण, भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा आफ्नो अनुसन्धान देखाउन पाउने नै थिएन् । किनकी यो अपराधमा काँग्रेस र एमालेसँग जोडिएका पात्र र प्रवृत्ति सहभागी छन् । काँग्रेस र एमाले यी प्रकरणमा छानविन गर्न चाहेकै छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१