विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८०, मंगलवार ०६:००

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् ।

विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै उनले यो निर्णय विना अर्को विकल्प नै नरहेको बताए । मन्सुरीलाई मत दिन लगाएर ठीक गरेको अथवा बेठीक भन्ने कुरा सर्वोच्चले व्याख्या गर्ने उनले बताए ।

‘प्रदेश सभा चाहिन्छ भनेर नै हामी यो निर्णयमा पुगेको हो । यो निर्णयविना अर्को विकल्प के छ त ? सरकार विहीन अवस्थामा त प्रदेश रहनु भएन । संविधान र संसद्को कुरा चाहिँ के छ भने उहाँहरु फेरि पनि अदालत जानुहुन्छ । फेरि पनि सर्वोच्चले यसको व्याख्या गर्ला,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१