सुन प्रकरणमा सीआइबीले नै अनुसन्धान टुंग्याउछ: गृहमन्त्री श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०८०, सोमबार ०६:०७

काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले नै गर्ने दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको अनुसन्धान सीआइबीले नै गर्ने दाबी गरेका हुन्।

उनले संगठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले बताउँदै भने, ‘संगठित अपराधअन्तर्गत अभियोजनका लागि ६० दिन हुन्छ। २० दिन राजस्व अनुसन्धानले गुजार्‍यो। त्यसपछि सीआईबीले लिएको हो। अभियोजनका लागि पाँचदिन सरकारी वकिलले लगाउँछ। अब बाँकी अवधिमा सीर्आबीले नै अनुसन्धान टुंग्याएर अभियोजन हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन पर्ने अडान कायमै राखेको छ । एमालेको अडानका कारण तीन सातादेखि सदन चल्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१