‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं : प्रकाशशरण महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०८०, आईतवार ०६:००

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि सिर्जना गर्ने र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो ।’ मन्त्री महतले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’

डा. महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो,’– महतले भने, ‘कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ ।’

कांग्रेसले अब सूचना प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाई छ । गरेको काम अब कांग्रेसले पनि देखाउन पर्ने उनको भनाई छ । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने भनाई पुष्टि भएको बताउँदै उनले भरपूर रुपमा सूचना प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१