तत्कालै एमालेसँग गठबन्धन गर्ने सम्भावना छैन् : केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०८०, शुक्रबार ०६:०७

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टीका सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) सिंहदरबारमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा केसीले यस्तो बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सन्दर्भमा शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको पनि बताए ।

उनले भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई आफूहरुले नजिकबाट नियाँलिरहेको बताए । तर, अहिले तत्कालै एमालेसँग गठबन्धन बनाउने कुनै सम्भावना भने नरहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१