शरणार्थी प्रकरणः १० जना प्रतिवादीको मुद्दा एकैसाथ हेर्न उच्च अदालतको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०८०, शुक्रबार ०६:०४

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका सबै प्रतिवादीको मुद्दा एकैसाथ राखेर हेर्न आदेश दिएका छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्धय किरणकुमार पोखरेर र हरिप्रसाद पौडेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरि थुनामुक्त गराइपाउँ भनी बाहालवाला सचिव टेकनारायण पाण्डे,पूर्व सभासद आङटावा शेर्पा लगायतले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो ।

बिहीबार पेशीमा १० जना प्रतिवादीका छुट्टाछुट्टै मुद्दा पेशी चढेको थियो । नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्‍द चौधरीले छुट्टाछुट्टै मुद्दा दिएका छन्।

यी सबै जनाको निवेदन एकैसाथ राखेर हेर्न इजलासले आदेश दिएको हो। यस प्रकरणमा पक्राउ परेर हालसम्म १६ जना केन्द्रीय कारागार सुनधारामा छन् भने २ जना धरौटीमा रिहा भएका थिए ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१