अर्थोपेडिक अस्पताललाई गोकर्णेश्वर नगरपालिकाले बनाइदियो सभाहल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८०, बिहीबार ०६:३२

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरूप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरूप सभाहल निर्माण गरिदिएको हो ।

नवनिर्मित सभाहलको नगरपालिकाका प्रमुख दीपककुमार रिसालले उद्घाटन गरेका छन् । उक्त अवसरमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान जारी रहने प्रतिबद्धता जनाए । उनले गोकर्णेश्वर नगरपालिकाका नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरिएको जानकारी पनि दिए ।

नगरप्रमुख रिसालले सात सय ५३ स्थानीय निकायमध्ये गोकर्णेश्वर नगरपालिका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने पहिलो निकाय भएको बताए । उनले अस्पतालसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहज रूपमा सेवा उपलब्ध गराउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१