गरीव छन् अधिकाँस नेपालीहरु नेपालबाट धेरैजसोले सोच्छन् अमेरिकामा नेपालीहरु धनि छन् । अमेरिकामा रुखमा पैसा फल्छ, जहा पुगेका नेपालीहरु रुखै चढेर डलर
टिप्छन् । प्रिन्सटन, हावर्ड जस्ता संसारकै उत्कृष्ट विश्वविद्यालयमा पढछन् । यहाँको सीप नेपालमा भित्रयाउने सुनौलो अवसर हुन्छ । विश्कै उच्च प्रविधिको पहुचमा छन् । हरेक हिसावले उनीहरुको स्तर नेपालको भन्दा धेरै माथी छ । तर यी सवै अडकल भ्रम मात्रै हुन् । हुनेहरुले आफ्नै र नहुनेले सडकमा पार्किड गरेका गाडी र घरमा टासिएर खिचिएका तस्विर, अग्ला गगनचुम्वि घर अगाडी र समुद्रको छेउमा गएर खिचिएका तस्विरले अमेरिकामा वस्ने नेपाली जिवनलाई अहिलेसम्म यथार्थबाट टाढा वनाईरहेको छ । व्यवसायिक रुपमा पर्यटकको भुमिकादेखि पढाईको लागि यतै भाषिनेहरु कलेज छोडेर सडकमै काम गर्न उत्रिएका हुन्छन् ।
भ्रममा छन् धेरै मानिसहरु पछिल्लो पटक छिटफुट रुपमा मिडियाले अमेरिकामा नेपाली जिवनको यथार्थवारे प्रष्ट्याउने कोसिस गरेपनि यो प्रयास हात्तिको मुखमा जिरा भएको छ । त्यसो त नेपालमा वस्ने धेरैलाई त अमेरिकामा वस्ने नेपालीहरुको कठिन दैनिकी सुनाउदा पत्यार लाग्दैन । नेपालमा वस्नेलाई के थाहा ती अग्लाघरहरुको अगाडी र समुद्रको विचमा गएर फोटो छिच्न घन्टौको वस र रेल यात्रा गर्नुपर्छ । उनीहरुलाई के था धेरै जसोका फोटोमा देखिएका गाडी र घर तीनिहरुका होइनन् । भएर पनि के भो ती सम्पत्ति हुदा र नहुदाको अमेरिकी जिवनमा खासै भिन्नता देखिदैन । नभएकालाई वरु कमाई जोगाउने वातावरण होला हुनेलाई वढि घण्टा हान्नुपर्ने मात्रै हात लागेको हुन्छ अपवाद वाहेक । यहाँ अधिकांश नेपालीहरुले गर्ने काम ग्यास स्टेशन, अस्पताल, होटेल, रेष्टुरेन्ट, व्युटीपार्लर, ट्याक्सि डाइभिड लगायतका सामान्य स्तरका कामहरु नै हुन् । आफुलाई नेता, समाजसेवी, पत्रकार, व्यवसायी सवैले गर्ने यी कामहरुमा थौरै व्यवसायी वनेका होलान तर धेरैको हालत हातमुख जोर्ने काममै सिमित छ । यसैवाट कसैले नेपालको दुर्गम गाउमा केहि हजार र वल गरेर लाखको खर्च गरेर चर्चा कमाइरहेका छन् । कोही राजनीतिक पार्टीको नेता वनेर आफैले आफुलाई प्रचार गरिरहेका हुन्छन् । त्यसैगरि कोही व्यवसायी भन्दै एनआरएनको धाक लगाईरहेका हुन्छन जो सँग आफ्नै परिवार र आफ्नै गाउमा सामान्य काम गर्नलाई पैसा पुगिरहेको हुदैन । यता पत्रकार भन्नेहरु पनि के कम सामान्ने मान्छेलाई पनि ठूलो मान्छे वनाएर वाँच्नलाईृ गाह्रो वनाईरहेका हुन्छन् । यस्तै यस्तै चर्चा र भ्रम सृर्जना गर्दै वितिरहेको छ अमेरिकामा नेपालीहरुको जिवन । एकातिर आर्थिक अवस्था सुधार्न नसकेका नेपालीहरु अर्कोतिर नेपाल छँदाको सोचाई लिएर भ्रम सृजना गरिरहेका हुन्छन् । राजनीतिक आस्थाको रुपमा संघ संगगठन वनाएर नेपालकै राजनीतिक भित्र्याउने मात्र होइन गैरराजनीतिक भन्नेहरुले पनि कला सास्कृति, भेष भुषा, समाजसेवा, राष्टियता र देशप्रेमको नाममा अवैध कार्यहरु गर्दै नेपाली नेपालीबीच लडाई झगडा र मुद्धामामिला गरेर देशकै वेइज्जत गरिरहेका वेलावेलामा सवैले सुनेकै हुनुपर्छ । देशको इज्जत जोगाउने कसैका प्रयासहरु पनि अर्थहिन वनाईदिन नेपाली स्वयं पछि नपरेका प्रसस्तै घटनाहरु छन् । प्रवासमा त्यो पनि अमेरिकामा आएर जात जातीका एक भन्दा वहु संस्था त्यसभित्र पनि वहु नाम राखेर संस्था खोलिने प्रवृतिले नेपालको कसरी गौरव वढाउछ र रु राजनीतिको नाममा अन्तराष्टिय स्तरमा पहुँच राख्न नसकेर नेपालकै भातृ तथा व्रान्च संस्था खोलेर त्यसमा पनि झगडा गर्दै हिडेपछि हाम्रो राजनीतिक स्तर कसरी माथी उठ्छ रु त्यसो त नेपालको प्रतिनिधित्व गर्ने राजदुतावास देखि नियोगसम्मले खासै लछारपाटो लाएको देखिदैन् । तलव भत्ता सुविधा लिने वाहेक उनीहरुले केहि गरेको भए यहाँ वस्ने तीन लाख नेपालीहरुको डाटा ६० हजारमा कसरी सिमित हुथ्यो । सरकारका प्रतिनिधिहरु आएको वेला र यताको वसाईपछि एयरपोर्टमै पुगेर चाकडी गर्नेवाहेक उनीहरुको मेहेनत कतै देखिदैन । अन्तिमसमयमा आएका विरामी प्रधानमन्त्री निको भएर घर फर्कदापनि उनी सन्चो भए भन्ने सुखद सामाचार पनि नदिएर पठाइयो । प्रधानमन्त्रीको स्थास्थ्यको चासो लिएर यहाँका नेपालीहरुले व्यक्तिगत र संस्थागतरुपमा नभेटेका पनि होइनन् । देशको प्रधानमन्त्रीलाई व्यक्तिको पेवा जस्तो वनाएर उनकै परिवारले प्रस्तुत गरे । एकजना संचारकर्मी भन्दै थिए समाचारको लागि धेरै पटक सम्पर्क गर्दा पनि जवाफ आएन यो के तरिका हो रु हाम्रा सोचाई र व्यवहारको स्तर हेर्दा लाग्छ यो भन्दा नेपालमा स्तरिय व्यवहार हुन्छन् । शुरुमै यहाँ आउनेहरु जो सुकै लाई लाग्छ यहाका नेपालीहरु हरेक हिसावले स्तरिय होलान् तर होइन रहेछ । पछिल्लो चुनावमा नेपाली काग्रेसका नरहरि आचार्यले चुनाव जित्ने र हार्ने ईश्वर पोखरेलले अंगालो मारेका थिए । तर यहाँ एउटा झिनो मसिनो संस्थाको चुनावमा हार्ने र जित्नेको जुहारी हेर्दा लाग्छ यो कस्तो ताण्डव नृत्य हो । एनआरएन देखि एएनए मात्र होइन् विपरित विचारका राजनीतिक दलका भातृ संगठनहरु जसमा पनि एउटै संगठनभित्र र अरु कुनै नेपालीहरुको संस्थामा छैन कि त्यो ताण्डव नदेखिएको होस । यो स्तरले यहाँका नेपालीहरुको गुणस्तर विचार र सोचाईमा प्रश्नचिन्ह खडा गरेको छ । केहि वुद्धिजिवीको हकमा पनि स्तरको नाम निसानै छैन । उल्टै नेपालमा यस्तो भएन, नेताहरुले देश विगारे, खत्तम भयो भन्नेवाहेक उनीहरुको खासै टिप्पणी भेटिदैन । अमेरिकामा सिक्ने कुराहरु नभएका होइनन् । धेरै सुविधाहरुको वीचमा सिक्ने कुराहरु पनि प्रसस्तै छन् । उदाहरणको रुपमा भाषा र व्यवहारमा शिष्टता हुनुपर्छ । सडकमा थुक्नु हुदैन देखि लिएर कुनैपनि काममा हिनतावोध गर्नुहुदैन लगायत थुप्रै थुप्रै । नेपालीहरु भने नेपालीहरु वाध्यता र विवसका कारण यी कुराहरुमा संलग्न हुन्छन् । नत्र भने नेपालमा पुग्दा नपुग्दै एर्पोटदेखि शुरु हुन्छ जहापायो त्यहि थुक्ने र नाक खुम्च्याउने व्यवहारहरु । सामाजिक काममा सुक्को नझार्नेहरु थाहा पाउदा पाउदै निजी स्वार्थको लागि घुस दिएर काम गराउन पछि पर्दैनन् नेपालमा पुगेपछि । र सत्य कुरा कहिल्यै वोल्नु नपरोस भन्दै एकतर्फी तारिफ मात्रै सुनेर वसिरहन्छन् नेपालमा पुगेको वेला । नेपालमा वस्नेहरुमाथी सधै भ्रम सृजना गरिरहेका हुन्छन् ।
किन परिवर्तन भएनन् नेपालीहरु यस्तो अमेरिकाबाट घुमेर फर्किने मात्र होइन यतै लामो समय विताएर नेपालमा पुग्ने नेपालीहरुको व्यवहारमा खासै परिवर्तन आएको भेटिदैन । धनिदेशमा वसेर हुर्केने पछिल्लो पुस्ताका नेपालीहरुले कस्तो सोच र व्यवहार गर्ने हुन् त्यो भने वाँकी नै छ । तर अहिलेसम्म धनि देशमा वस्ने झण्डै शतप्रतिशत नेपालीहरु गरिव सोच र विचारले अगाडी वढिरहेको सजिलै देख्न सकिन्छ ।
भोला आचार्य अमेरिकाबाट
प्रतिक्रिया