ललिता प्रकरणः पक्राउ परेका गौतम र घिमिरे रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८०, बिहीबार ०५:५८

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन् । तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनीहरुलाई मुद्दा बुझाउने दिन पेशी गर्नेगरी रिहा गरिएको हो । उक्त प्रकरणमा पक्राउ परेका अन्य आरोपितहरुलाई भने थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु डेढ महिनादेखि प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो (सीआइबी) को हिरासतमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१