सरकारले व्यवसायीलाई आतंकित बनायो, धम्की दिन थाल्यो : दुगड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८०, बिहीबार ०५:५६

काठमाडौं । पूर्वउद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री एवं उद्योगी मोतीलाल दुगडले वर्तमान सरकारले व्यवसायीलाई आतंकित बनाउँदै धम्की दिन थालेको आरोप लगाएका छन् ।

बुधबार नेकपा एमालेको अर्थ विभागले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सरकारले सर्वसाधारण र व्यवसायीको ध्यान अन्तै लैजान खोजेको आरोप लगाएका हुन्।

उनले भने,‘अब त अति भो, क्षति भो अब जागौं आजबाट रणनीति बनाएर अघि बढाऔं, उद्योगी व्यवसायीलाई टर्चर, उद्योग मास्ने काम भइरहेको छ’ हामीले बोल्न सक्दैनौ आफ्ना कुरा राख्न सक्दैनौ कस्तो प्रजातन्त्र ल्याउनुभएको रु’

निजी क्षेत्रलाई सिध्याउने, मनोबल गिराउने काममात्र भएको उनले आरोप लगाए । ‘काण्डैकाण्ड ल्याएर तर्साउने काम भएको छ । अहिले समृद्ध नेपाल सुखी नेपाली होइन, समृद्ध बालुवाटार, दुःखी नेपाली छ’, ।

दुगडले पछिल्ला घटना क्रमलाई केलाउँदै आफूहरु सबै जेल जान तयार रहेको तर देशलाई बचाउने बताए । ‘हामी सबै जेल जान तयार छौं तर देशलाई बचाउँछौं’, उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१