छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्‍यो : ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८०, बिहीबार ०५:५२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झरेको बताएका छन् ।  ओलीले बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आशंका गरेका छ्न् । सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्‍यो भन्दै ओलीले प्रश्न गरेका छन् । उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको उनले बताए ।

एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार यस्तो आशंका गरेका हुन् । उनले भने,‘हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर,एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्‍यो, यो समिति नबनाउनुको परिणाम हो’ ।

पहिले एक क्विन्टल भनिएको सुन पगालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको थियो । ब्रेक-सू सँगै जोख्दा १५५ केजी भएको थियो ।

उनले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो अहिले एअरपोर्ट बाटै सुन बगिरहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१