प्रधानमन्त्री प्रचण्डको दोस्रो विदेश भ्रमण अमेरिका, त्यहाँबाट सिधै चीन जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८०, बुधबार ०६:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोस्रो विदेश भ्रमण अमेरिका हुने भएको छ।

मङ्गलबार सम्पादकहरूसँगको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो विदेश भ्रमण अमेरिका हुने र त्यहीँबाट सिधै चीन जाने बताएका छन्।

उनले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका जाने र त्यहाँ ५ दिन बस्ने र असोज ५ गते साझ अमेरिकाबाट सिधैं चीनका लागि उड्ने बताएका हुन्।

उनले चीनमा ६ र ७ गतेसम्म बस्ने कार्यतालिका रहेको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१