आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०८०, मंगलवार ०६:३१

काठमाडौं । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने, रातो हुने जस्ता लक्षण भएका बिरामी बढेकाले विद्यालयहरु बन्द गरिएको नगरप्रमुख दिपक कुमार रिसालले जानकारी दिए ।
नगरप्रमुख रिसालका अनुसार विभिन्न विद्यालय, शैक्षिक संस्थासँग आबद्ध व्यक्ति र स्वास्थ्यकर्मीहरुको संयुक्त छलफल पश्चात् साउन ३० गतेदेखि चार दिनसम्मका लागि सामुदायिक र स‌ंस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । नगरपालिकाका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र नगरपालिकाले सञ्चालन गरेको गोकर्णेश्वर नगर अस्पतालमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ । नगरप्रमुख रिसालले आँखा पाक्ने रोगसँग सचेत रहन नगरबासीलाई अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१