नवनियुक्त मन्त्री अनितादेवीले लिईन् सामान्य प्रशासनमन्त्रीको शपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०८०, मंगलवार ०६:१७

काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिएकी छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ गराएका हुन् ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालय जनमतलाई दिएको हो । जनमतलाई सरकारमा ल्याउन माओवादी केन्द्रले हिजो अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाएको थियो ।

जनमत पार्टीले एक महिनाअघि नै सरकारमा सामेल गर्नका लागि अनिताको नाम प्रधानमन्त्रीलाई पठाएको थियो । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि जनमत पार्टीकी अनितालाई सरकारमा सामेल हुने बाटो खुलेको थियो । अनिता पार्टीको सचेतक तथा केन्द्रीय सचिव समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१