गौर हत्याकाण्डको फाइल बन्द गर्ने सत्ता गठबन्धनको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०८०, मंगलवार ०६:१६

काठमाडौं । सोमबार बसेको सत्ता गठबन्धन बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्ने निर्णय गरेको हो।

गौर हत्याकाण्डमा मारिएका जति सहिद घोषणा भइसकेको र पीडित परिवारलाई सरकारले क्षतिपुर्ति दिइसकेको भन्दै फाइल बन्द गर्ने निर्णय सत्ता गठबन्धन बैठकले गरेको हो।

यस्तै, बैठकले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति नबनाउने निर्णय पनि गरेको छ।

सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नै छानबिन गरिरहेको हुँदा उच्चस्तरीय समिति नबनाउने निर्णय भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौर हत्याकाण्ड, संसद गतिरोध अन्त्य, कांग्रेस सांसद सुनिल शर्मा पक्राउ प्रकरण, ललिता निवास जग्गा प्रकरण, गौर हत्याकाण्डलगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१