काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी)को इन्चार्ज फेरिएका छन् ।
माओवादी केन्द्रले हालसालै बसेको बैठकले यसअघिका इन्चार्ज हितमान शाक्यको ठाउँमा शर्मालाई जिम्मेवारी दिन अखिल क्रान्तिकारीमा सर्कुलर पठाएको हो ।
अखिल क्रान्तिकारी माओवाी केन्द्रको सबैभन्दा जुजारु संगठन हो । तर हाल यो संगठनमा पञ्चा सिंह र पवन कार्कीबीच वैचारिक लडाँई रहेको छ । कार्कीले सिंहको नेतृत्वविरुद्ध समानन्तर कमिटी गठन गरेका छन् ।
नयाँ इन्चार्जको भूमिकामा आएका शर्माले अब कार्की र सिंह नेतृत्वको समूहलाई मिलाएर एकतावद्ध बनाउने चूनौती रहेको छ ।
प्रतिक्रिया