उच्चस्तरीय समिति नबनाउने, सिआइबीलाई नै अनुसन्धान गर्न दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०८०, मंगलवार ०६:०८

काठमाडौं । सोमबार बसेको सत्ता गठबन्धन बैठकले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो।

सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नै छानबिन गरिरहेको हुँदा उच्चस्तरीय समिति नबनाउने निर्णय भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौर हत्याकाण्ड, संसद गतिरोध अन्त्य, कांग्रेस सांसद सुनिल शर्मा पक्राउ प्रकरण, ललिता निवास जग्गा प्रकरण, गौर हत्याकाण्डलगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया