सुन प्रकरणमा महराका बाबुछोरामाथि किन छानबिन भएन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८०, सोमबार ०६:५९

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमसेर जबराले सरकारले प्रतिशोधको भावना लिएर अगाडि बढेको बताएका छन् ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका जबराले हरेक घटनामा कांग्रेसलाई मात्रै टार्गेट गरेर सत्तारुढ दल माओवादी केन्द्रका नेताहरुलाई भने उन्मुक्ति दिइएको बताए । उनले नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका बाबुछोरामाथि अनुसन्धान नभएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने,‘कांग्रेसका नेता कार्यकर्तामाथि मात्रै अनुसन्धानको घेरामा राख्न मिल्दैन । महराका बाउछोराको सुन प्रकरणमा नाम जोडिरहेको छ उहाँहरुमाथि किन छानविन भएन त्यो कुरा पनि आएको छ ? भुटानी शरणार्थी प्रकरणमा पनि त्यो प्रक्रिया बादल गृहमन्त्री हुँदा सुरु भएको छ । किन उहाँलाई अनुसन्धानमा ल्याइएन। अरुलाई किन ल्याइयो ? तर, कांग्रेसलाई मात्रै टार्गेट गरियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१