सुन प्रकरणमा प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिन : अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८०, सोमबार ०६:५६

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले एक क्विन्टल सुन प्रकरणमा प्रमाणीत भए अर्थमन्त्रीको पदमा नबस्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री महतले सुन प्रकरणमा प्रमाणीत भए पदमा नबस्ने घोषणा गरेका हुन्।

उनले भने, ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ। ममाथि व्यर्थको लान्छना लगाउने काम भयो। यो ममाथि भएको व्यक्तिगत प्रहार हो। ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो। तपाईंहरू नै भन्नुस्, अलिकति पनि तपाईंहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१