काठमाडौं, नेपालको गायन प्रतिभाको खोजिलाई निरन्तरता दिंदै सबैभन्दा ठूलो गायन रियालिटि सो कोका–कोला नेपाली तारा ३, दोस्रो चरणको पियानो राउण्ड समेत सकिएको छ ।उक्क दोस्रो चरणमा २ सय ३४ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । यस प्रतियोगिताको उपाधि जित्ने होडका भने जम्मा ४० जना प्रतियोगिहरु मात्र छानिएको कुरा आयोजक संस्थाले जनाएको छ ।
यस रियालिटि शो लाइ एनसेलसंगको सहकार्यमा कोका–कोलाले प्रायोजन गरेको छ । यसका साथै यस प्रतियोगितामा डिसहोम, शिखर सुको सह–प्रायोजन रहेको छ भने र शोसिएल मिडिया पार्टनरमा मास्टरपीस र म्युजिक पार्टनरको रुपमा रोयल स्ट्याग मेगा म्युजिक रहेको छ । यस प्रतियोगितामा जियोनि मोबाइल आधिकारीक मोबाइल पार्टनर रहेको छ ।
नेपाली ताराका लागी वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकाल प्रतियोगिताका निर्णायक रहेका छन । निर्णायकहरु पनि आगामी प्रतियोगीताका लागि उत्साहित रहेका छन् किनभने यो बर्ष प्रतियोगिहरु प्रसिद्ध टाइटल जित्नका लागि पूर्ण तयारिका साथ मैदानमा उत्रिएका छन । कोका–कोला नेपाली तारा ३ को अडिसन गत सेप्टेम्बर २ देखि पूर्वान्चलको धरानबाट सुरु भएको थियो।
यस प्रतियोगिताको विजेताले एउटा मोटरसाइकलका साथमा २ लाख ५० हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् । जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । त्यस्तै अन्तिम शीर्ष १० प्रतियोगीहरुलाइ भने प्रत्येक बिजेताले ११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गीत गाउने अवसर पाउनेछन् । त्यस्तै कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् । त्यस्तै २ जना सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् ।
अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।
दर्शकहरुको सुविधालाई ध्यानमा राखेर कोका–कोला नेपाली तारा ३ को सम्पूर्ण श्रृखंलाहरु THT Live को Youtube च्यानलमा समेत अपलोड गरिएको कुरा आयोजकहरूले जनाएका छन ।
प्रतिक्रिया