विदेशमा सुनले बनेको श्रीलंका छैन, एकदमै गाह्रो छ : अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८०, आईतवार ०५:४८

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा सुनले बनेको श्रीलंका नभइ गाह्रो भएको बताएका छन्।

शनिबार युवा दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले युवाहरूलाई विदेशमा धेरै गाह्रो भएको बताएका हुन्।

उनले भने, ‘बाहिर सुनले बनेको श्रीलंका छैन, एकदमै गाह्रो छ। किनभने म बसेर आएको हो नि त्यहाँ। एकदमै एक्स्ट्रा अर्डिनरी मान्छेले मात्रै केही गरिराको छ नत्र अरुले त्यहि परिधिमा घुमिरहेका छन्, यहाँ त्यहाँभन्दा धेरै अवसरहरू छन्।’

यस्तै, उनले विदेश गएपनि फर्किनुहुन् आग्रह गरे। उनले भने, ‘नेपाल पनि अहिले विस्तारै विकासको बाटोमा अघि बढेको छ। कोरोना र विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिले अर्थतन्त्रमा समस्या आयो, तर अहिले विस्तारै त्यो अवस्था हट्दैछ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१