सांसदलाई गिरफ्तार गराएर प्रचण्डले पाकिस्तानी मोडेलको राजनीति थाले: केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८०, आईतवार ०५:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो विरोध गर्ने व्यक्तिलाई छानिछानि पक्रेर पाकिस्तानी मोडलको राजनीति सुरु गरेको आरोप लगाएका छन् ।

शनिवार गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमत रहेका अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताए ।

ओलीले भने ‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१