बुबा आमा टोलि बाट छोरा छोरी टोलि सम्मानित एउटा अचम्मको संयोग

evccfn@gmail.com' rastriyakhabar
२७ श्रावण २०८०, शनिबार १९:२१

काठमाडौं । राम्रोकामको शुरुवात थोरै बाट हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको श्री शारदा उच्च माध्यमिक विद्यालय बाट एसएलसी दिएर हाल बिभिन्न पेसा र ब्यवसायमा रहेका एसएलसी ब्याच २०५५ ले सो ब्याचमा रहेका विद्यार्थीका छोरा छोरी,जसले एसइई २०७९ मा सहभागिता जनाई उत्रीर्ण भएका थिए उनिहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ ।
श्री शारदा उच्च माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा शिक्षा प्रेमी यम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व एसएलसी ब्याच २०५५ समुहका अध्यक्ष उमेश श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन संचारकर्मी डि.बि.पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा एसएलसी ब्याच २०५५ समुहका सल्लाहकार बलराम श्रेष्ठ, विष्णुलाल श्रेष्ठ,गोेपाल श्रेष्ठ ,कार्यसमितिका उपाध्यक्ष आङ छिरिङ शेर्पा,कोषध्यक्ष बिजयता खड्का,सह सचिव गिता पराजुुली,सदस्य खगेन्द्र खड्का ,सुजाता श्रेष्ठ लगायत सो ब्याचका अन्य विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा एसएलसी ब्याच २०५५ समुहका गिता पराजुलीको छोरा संगित पराजुली ,गोपाल श्रेष्ठको छोरा अनिरुद्र श्रेष्ठ,लक्ष्मि श्रेष्ठ सिंह को छोरा श्रीयान सिंह ,विभोर श्रेष्ठको छोरा बिओम श्रेष्ठ ,बलराम श्रेष्ठको छोरा यमन श्रेष्ठ,गोमा तिमल्सिनाको छोरा नमन तिमल्सिना लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य एसएलसी ब्याच २०५५ समुहका उपाध्यक्ष आङछिरीङ शेर्पाले राख्नुभएको थियो, अभिवाभकको तर्फबाठ सल्लाहकार बलराम श्रेष्ठले आफ्नो मन्तब्य राख्नु भएको थियो भने एसइई २०७९ मा सहभागिता जनाई उत्रीर्ण भएका विद्यार्थीको तर्फबाट संगित पराजुलीले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
प्रमुख अतिथिको मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि यम बहादुर बस्नेतले शिक्षण पेशामा लागे पछिको आफ्ना धेरै अनुभवहरु सुनाउनु भएको थियो । २०३२ साल देखि यो पेशामा आवद्ध बस्नेत बाह्रबिसेको श्री शारदा उच्च माध्यमिक विद्यालय मा सन्चालित अरनिको कलेजका संस्थापक पनि हुनुहुन्छ ।
यस्ता कार्यक्रमहरुले पुस्ता हस्तान्तरण संगै सामाजिक संस्कारको समेत हस्तानतरण हुने भन्दै प्रमुख अतिथि बस्नेतले आयोजक टिमलाई धन्यवाद दिनु भएको थियो ।
२००८ सालमा स्थापना भएको बाह्रबिसेको हालको श्री शारदा उच्च माध्यमिक विद्यालय २०१० सालमा निम्न माध्यमिक विद्यालय र २०२४ सालमा माध्यमिक विद्यालयमा रपान्तरण भएको थियो । २०२४ सालमा जम्मा ४ जनाले एसएलसी दिएकोमा ३ जना उत्रीर्ण भएको तथ्यांक रहेको प्रमुख अतिथि बस्नेतले बताउनु भयो ।
श्री शारदा उच्च माध्यमिक विद्यालय पुर्व विद्यार्थि समाजकै पहल र सकृयतामा अरनिको कलेज स्थापना गर्न सम्भव भएको स्मरण गराउँदै बस्नेतले यसरी संगठित भएको समुहले अन्तत सामाजिक बिकासकै काममा लाग्ने बिस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम समापन गर्ने क्रममा कार्यक्रमका सभापति उमेश श्रेष्ठले यो समुहलाई सरकारको कानुनी मान्यता प्राप्त गर्न बिधिवतरुपमा दर्ता गरेर अगाडी बढाउने बिषयमा ब्यापक छलफल भईरहेको र निकट भविश्यमै दर्ता गरेर अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा एसइइ मात्र नभएर एसएलसी ब्याच २०५५ समुहका सदस्यहरुका एसइइ भन्दा माथि सबै तहका नानि बाबु हरुलाई सम्मान गर्न सके अझै राम्रो हुने विचार समेत आएकोले यसलाई सम्बोधन हुने खालका कार्यक्रम बनाउन लागि पर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम ग्वार्को ललितपरको टि एण्ड बि रेष्ट्रोमा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१