सिम्रिकलाई हेलिकप्टर उडाउन रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०८०, शुक्रबार ०६:००

काठमाडौं । सिम्रिक एयरलाई हेलिकप्टर उडाउनमा रोक लगाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडाउन रोक लगाएको हो।

प्राधिकरणले सिम्रिकलाई विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको भन्दै हेलिकप्टर उडाउन रोक लगाएको हो।

प्राधिकरणका अनुसार सो रकम तिर्न पटकपटक ताकेता गर्दापनि नतिरेपछि उक्त निर्णय लिइएको हो। सो रकम भुक्तानी नगर्दासम्म उडानमा रोक लगाएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१