उपराष्ट्रपति यादव चीन भ्रमणमा जाँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०८०, शुक्रबार ०५:५८

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन्।

उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आज सम्बन्धित निकायका अधिकारीबीच छलफल भएको छ। मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको थियो।

उपराष्ट्रपति यादवको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१