साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०८०, बिहीबार ०५:२२

काठमाडौँ ।साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन ।

लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन । गीतकार दिलिप योञ्जनले आफ्नी स्वर्गिय माता पासाङ्ग डोल्मी तामाङ्ग प्रति समर्पित भएर रचना गरिएको एल्बममा ७ वटा गीतहरु रहेका छन । मातृस्नेह , जिवन भोगाई, अध्यात्म दर्शन र जागरण भावलाई गीतमा समेटिएको छ ।

साहित्यकार डा। रेनुका सोलुले विमोचित एल्बमको समिक्षा गरेकी थिइन । सोलुले साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताइन । आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभुमी र आमाको कर्मबाट आफु सफल भएको कुरा लाई गीतमा समेटिएको बताइन ।

बरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताउनु भयो । योञ्जनका हाल सम्म ६ बटा गिती संग्रह बजारमा आएका छन । आगमन , अविरल, अमर, मान्छेको भिडमा , आस्था खोजीरहेको छु , अनुराग जस्ता एल्बमले नेपाली संगीतप्रेमी एवम साहित्य अनुरागी मनहरुलाई आनन्दीत बनाएको उनले बताए । एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ । साथै सुरेश लामा , प्रविण बेडवाल , श्रेयसी चेम्जोङ्ग , शुभ तामाङ्ग, सुनिता लो , सुमिना लो र अन्जु लामाको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैमा सशक्त गीतकार रहेको दावी गरे । मौलिक सिंर्जना र नेपाली माटो प्रतिको प्रगाढ स्नेह उनको गीतमा भेटन सकिने दावी गरे । एल्बमका गीतहरु सङ्गीत तथा रेकर्डिङ दौरानको प्रसङ्गबारे बोल्दै संगीतकार थापाले दिलिप योन्जनको शालिनता, परोपकारी भावना र सधै सही र सत्यको मार्गमा अडिग रहने स्वभावबाट आफू अत्यन्तै प्रभावित त नतमस्तक रहेको र यस अघि पनि गीतकार योन्जनको एकल रचना र आफ्नो एकल संगीतमा दुई वटा गिती एल्बम प्रकाशनमा ल्याएको बताए ।

कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्धारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । कार्यक्रममा साहित्यकार , गीतकारहरु , गायक गायिकाहरुको बाक्लो उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१