स्वार्थ बाँझिएका फाइलहरु रोक्दा मेरो चरित्रहत्या गर्न खोजियो : प्रमुख प्रशासकीय अधिकृत सापकोटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०८०, बुधबार ०६:२२

काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आफ्नोवारे केही संचारमाध्यम र सामाजिक संजालमा मिथ्या कुरा लेखेर अफवाह फैलाएको भन्दै खण्डन गरेका छन् । अधिकृत सापकोटाले पत्रकार सम्मेलन गरेर आफ्नो चरित्र हत्या गर्ने उदेश्यले हुदै नभएका कुराहरु राखेर केही संचार माध्यम र व्यक्तिले अफवाह फैलाएको बताएका छन् । पछिल्लो समय केही संचार माध्यम र व्यक्तिले अधिकृत सापकोटाले पदको दुरुपयोग गर्दै विभिन्न समूहलाई पैसा बाडेको,अकुत सम्पती कमाएको,विभिन्न आयोजनाहरुबाट कमिसन लिएको भन्दै केहि संचार माध्यम र सामाजिक संजालमा आएपछि सापकोटाले पत्रकार सम्मेलन गरेरै सो कुरावारे स्पष्ट पारेका हुन ।

प्रमुख सापकोटाले गलत नियत र मनाशाय बोकेका केही व्यक्तिहरुको उदेश्य पूरा नभएपछि आफ्नो चरित्र हत्या गर्न यस्ता मिथ्या कुरा लेखेर जनतालाई भम्रित पार्न खोजेको बताए । उनले कुनै पनि निर्णय आफ्नो एकल निर्णयले नहुने भन्दै प्रचारवाजी र अफवाहका पछि नलाग्न आग्रह गरे । उनले भने सामाजिक संञ्जालमा आएको जस्तो विषय होइन । हामीले कुनै पनि निर्णय लुकाएका छैनौं । कसैलाई सुचना चाहिए नगरपालिको सूचना शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ । जहाँ सम्म मेरो एकल निर्णय भयो भन्ने विषय आएको छ,त्यो सरासर झुट र अफवाह फैलाउन कसैले गरेको एकल प्रचारवाजी प्रपञ्च हो । नगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय हेरे हुन्छ । नगरपालिकामा प्रशासकीय प्रमुखले मात्र चाहेर कुनै काम हुन सक्दैनन् । त्यसकारण यस्ता हत्ला फैलाउनेका पछाडि लाग्ने भन्दा हामी जनताका सेवक भएको हुनाले जनताको काम गर्ने हो । कोही निश्चित उदेश्य र स्वार्थ बोकेका मान्छेको काम भएन भन्दैमा उनीहरुका पछि लाग्ने र उनीहरुको गलत काममा साथ दिन सक्दैनौं ।

अधिकृत सापकोटाले हरेक निर्णय र पक्रिया हेरेर मात्र आफ्नो धारण बनाउन सबैलाई आग्रह गरे । उनले भैइरहेका काम जसको भुक्तानीसम्म भएका छैन्,त्यस्ता विषयसम्म जोडेर चरित्र हत्या गर्ने खोजिएको भन्दै आक्रोस पोखे । मेरो व्यक्तिगत विषयलाई लिएर जुन प्रकारको मिथ्या समाचार बनाइएको छ र प्रसारण गरिएको छ, त्यो विषय नितान्त गलत र झुटा हुन् । मैले कमिसन मागेको,अकुत सम्पती कमाएको र सामाजिक सञ्जालमा आएका विषय स्पष्ट भए मलाई छानबिन गर्ने सरकारी निकाए छ,छानबिन गर्दा हुन्छ । तर जुन प्रकारले मेरो चरित्र हत्या गर्ने गरि हल्ला गरिएको छ,त्यो विषय फरक छ । विषय के हो भने कसैका व्यक्तिगत स्वार्थ बाँझिएका फाइलहरु रोकेर मैले सरकारी कामकारबाही अगाडि बढाएँ,त्यसैको गलत प्रचार गरिएको हो उनले भने’ म अहिले कुनै पनि व्यक्तिको नाम लिन चाहान्न र मसँग भएका प्रमाणहरु पनि देखाउन चाहान्न समय र आवश्यकता बमोजिम देखाउनुपर्ला । मसँग थुप्रै विषयहरु छन् जसलाई मैले सहज रुपमा पन्छाएँ र हुँदैन भने । आज उनै व्यक्तिले मेरो विषयमा नराम्रा भ्रम फैलाएर हल्ला मच्चाएका छन् । यो आपत्तीजनक छ । म यसको डटेर सामना गर्न तयार छु । हुँदै नगरेका र मसँग सम्बन्ध नभएका विषयलाई जोडेर अफवाह फैलाउनेलाई पनि अर्को कानुनले छुन सक्ला नि ? त्यस्तो विषयमा व्यक्ती आफै जिम्मेवार हुनुपर्छ ।

अधिकृत सापकोटाले पत्रकार सम्मेलनमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्ना धारणा र उठेका मुख्यत ५ बिषयमा स्पष्ट पारेका छन् । संचारकर्मीहरुले राखेको प्रश्नमा सापकोटाले दिएका धारणा जस्ताको त्यस्तै:

१.गोकर्णेश्वर नगरपालिका​को प्रशासनिक भवन बन्ने भनिएको ठाउँमा सानो बजार थियो । अहिले त्यो हटेर चामुण्डा सहकारीको जग्गामा स्थानान्तरण भएको छ । सानो बजार स्थानान्तरण गर्न निर्माण गर्दाको खर्चको फाँटबारी लुकाउनु भयो भन्ने आरोप लागेको छ नि ?

त्यो विषय सामाजिनक संञ्जालमा आएको जस्तो विषय होइन । हामीले कुनै पनि निर्णय लुकाएका छैनौं । कसैलाई सुचना चाहिए नगरपालिको सूचना शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ । जहाँ सम्म मेरो एकल निर्णय भयो भन्ने विषय आएको छ, त्यो सरासर झुट र अफवाह फैलाउन कसैले गरेको एकल प्रचारवाजी प्रपञ्च हो । नगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय हेरे हुन्छ । नगरपालिकामा प्रशासकीय प्रमुखले मात्र चाहेर कुनै काम हुन सक्दैनन् । त्यसकारण यस्ता हत्ला फैलाउनेका पछाडि लाग्ने भन्दा हामी जनताका सेवक भएको हुनाले जनताको काम गर्ने हो ।

२. तपाईंले त ! मोटो रकम आर्जन गर्नुर्भको छ भन्ने आयो । जसमा नगरपालिकाले बनाएको सानो बजारको सामान कवाडीलाई बेचेर १२ लाख रुपैंयाँ लानु भयो भन्ने छ,किन लानुभएको त्यो पैसा ?

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-६ को जोरपाटी चोकमा रहेको सानो बजार रहेको स्थानमा नगरपालिकाको प्रशासनिक भवन निर्माणकको लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा हाल सानो बजार स्थानान्तरण भइसकेको छ । त्यस्तो अवस्थामा तत्कालिन जोरपाटी गाविस भएकै बखत निर्माण भएको संरचानाको हाल आएर भत्काउने काम भएको हो । भत्काउने क्रममा तत्कालिन र वर्तमान जनप्रतिनिधिका साथै स्थानीयबासीहरुबाट सर्जमिन मुचुल्का भएर भत्काउने काम गरको हो । यसमा सानो बजार व्यवसायी समूहले निर्माण गरेको केहि संरचना उसैले भत्काएर लगेको र तत्कालिन गाउँविकास समितिले गरेको निमार्ण र त्यससँग जोडिएका समानहरु भत्काएर नगरपालिकाले संरक्षण गरेर राखेको छ । कुनै पनि सामान कवाडिलाई बेचिएको छैन । संरचना भत्काउने क्रममा नगरपालिकाको प्राविधिकको रोहवरमा भत्काएको र निगरानी पनि भइरहेको अवस्था छ । भत्काएर प्राप्त भएका सामानहरु पछि लिलामी प्रक्रियाबाट बेचविखन गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । सामाजिक संञ्जालमा आएको विषय मिथ्या हो ।

३. लमजुङ्गको मध्यनेपाल नगरपालिकामा रहेको एक महिला समूहलाई गाडी किन्नको लागि भनेर गोकर्णेश्वर नगरपालिकाबाट २५ लाख रुपैयाँ भुक्तानी दिनुभएको रहेछ । जसको भौचर नम्बर ६२५ छ । यसो किन गर्नुभएको ? यसरी पैसा दिन मिल्छ ?

यस विषयमा हालका प्रतिनिधि सभा सांसद एवम् तत्कालिन नगर प्रमुख सन्तोष चालिसे हुँदा गोकर्णेश्वर नगरपालिकाको मिति ०७८-१०- ०२ गते बसेको आठौं नगर सभाको बैठकले गोकर्णेश्वर नगरपालिका र मध्य नेपाल नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्ने भनेर निर्णय गरेको थियो । सो अवस्थामा एक नगर र अर्को नगर बीचमा साझेदारीको कार्यक्रम गर्न कार्यपालिकालाई अनुमती दिने भनिएको अवस्थामा आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँन मध्य नेपाल नगरपालिकालाई केहि शर्तको अधिनमा रहने र संचालन गर्ने गरि २५ लाख बराबरको एक एम्बुलेन्स प्रदान गरिएको हो । महिला समूहलाई पैसा दिएको होइन । यो नगर- नगरको बीचमा सम्बन्ध विस्तार गर्ने हिसाबले कार्यपालिकाको निर्णयले गरेको कुरा हो । मैले पैसा दिएको होइन । पैसा निकासा भएको हो,तर ‘आमा सुरक्षा’ कार्यक्रमलाई प्रभावकारी बनाउँन मध्य नेपाल नगरपालिकालाई एम्बुलेन्स किन्न पैसा दिएको हो । अहिले गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित भनेर लेखेको एम्बुलेन्स मध्य नेपाल नगरपालिकामा चलिरहेको छ । हामिलाई कार्यसम्पन्न प्रतिवेदन समेत आइसकेको छ ।

४. ओख्रेनी खानेपानी वितरण समिति र खानेपानी ट्याङकी निमार्ण समितिबाट खानेपानी पाइप बिछ्याउने काममा ७ लाख बढी कमिसन लिनु भयो भन्ने विषय आएको छ । यो विषय के हो ? किन कमिसन लिनुभएको ?

मलाई आरोप जसरी लागेको छ , त्यो विषय ठिक विपरित छ । बागमति प्रदेश सरकारले अलग अलग दुइ उपभोक्ता समितिलाई दिएको ५० लाख आर्थिक अनुदान सहयोगमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-१ मा पर्ने ओख्रेनी र मुलखर्कमा ओख्रेनी खानेपानी वितरण समिति र खानेपानी ट्याङकी निमार्ण समिति मार्फत वितरण हुने गरि ‘एक घर एक धारा’ भन्ने खानेपानी योजना पारिएको थियो । उक्त योजना हालसम्म पनि निर्माण सम्मपन्न भइसकेको छैन, र रकम भुक्तानी समेत भएको छैन । यस्तो अवस्थामा कमिसन वापतको रकम लिएको भन्ने कुरा त्यहि गलत भएको छ,भने त्यो आरोप मात्र भन्ने पुष्टी भएको छ । जहाँसम्म योजनाको कुरा आयो,यो विषय प्रदेश सरकारसँग जोडिएको विषय हो । उक्त आयोजना सम्पन्न हुँदा सम्म लागतको विवरण हेरेर गोकर्णेश्वर नगरपालिकाले नपुग रकम दिने भनिएको छ । त्यसमा पनि रकम भुक्तानी भएको छैन । हालसम्म प्रदेश सरकारले दिएको रकमबाट उक्त आयोजना संचालनका उपभोक्ता समितिलाई सामान किन्न पहिले नै १३ लाख पैसा निकासा गरिएको हो । त्यसको पनि उपभोक्ता समितिले के-के सामान किनेको हो भनेर सम्पूर्ण बिल बुझाएको अवस्था छ , त्यो पनि हामि सार्वजनिक गर्ने तयारीमा छौं । यो विषय जसरी मनोमानी तरिकाले प्रचार बाजी गरिएको छ,त्यो निहित स्वार्थ राख्ने केहि व्यक्तीले गरेका हुन । यसमा कुनै सत्यता छैन ।

५. विभिन्न कामको कमिसन माग्दै अकुत सम्पती जोडेको,कपनमा आलिसान घर बनाएको र छोरालाई ५० औं लाख खर्च गरेर डाक्टर पढाएको साथै सरुवा बढुवामा पनि मन्त्री र सचिवलाई हातमा लिएर सरकारी पदको दुरुपयोग गरेको जस्ता आरोप तपाईमाथि लागेका छन् । के हो तपाईको वास्तविकता ? जनताको करबाट खाएको सामान्य तलबले यत्रो सबै कुरा गर्न कसरी पुग्छ ?

मेरो व्यक्तिगत विषयलाई लिएर जुन प्रकारको मिथ्या समाचार बनाइएको छ र प्रसारण गरिएको छ,त्यो विषय नितान्त गलत र झुटा हुन् । मैले कमिसन मागेको,अकुत सम्पती कमाएको र सामाजिक सञ्जालमा आएका विषय स्पष्ट भए मलाइ छानबिन गर्ने सरकारी निकाए छ,छानबिन गर्दा हुन्छ । तर जुन प्रकारले मेरो चरित्र हत्या गर्ने गरि हल्ला गरिएको छ,त्यो विषय फरक छ । विषय के हो भने, कसैका व्यक्तिगत स्वार्थ बाँझिएका फाइलहरु रोकेर मैले सरकारी कामकारबाही अगाडि बढाएँ,त्यसैको गलत प्रचार गरिएको हो । म अहिले कुनै पनि व्यक्तिको नाम लिन चाहान्न र मसँग भएका प्रमाणहरु पनि देखाउन चाहान्न समय र आवश्यकता बमोजिम देखाउनुपर्ला । मसँय थुप्रै विषयहरु छन्,जसलाई मैले सहज रुपमा पन्छाएँ र हुँदैन भने । आज उनै व्यक्तिले मेरो विषयमा नराम्रा भ्रम फैलाएर हल्ला मच्चाएका छन् । यो आपत्तीजनक छ । म यसको डटेर सामना गर्न तयार छु । हुँदै नगरेका र मसँग सम्बन्ध नभएका विषयलाई जोडेर अफवाह फैलाउनेलाई पनि अर्को कानुनले छुन सक्ला नि ? त्यस्तो विषयमा व्यक्ती आफै जिम्मेवार हुनुपर्छ । जहाँ सम्म मेरो घरको कुरा र छोराको कुरा आयो,यो गलत हो । मसँग अनावश्यक रिस साँधेर कुप्रचार गरिएको हो । गोकर्णेश्वर नगरपालिका सबैको साझा संस्था हो,हामी जनताका सेवक हौं । जनताको सेवा गर्न आएको मैले कसैलाई प्रभावमा पार्ने काम गरेको छैन । मन्त्री र सचिवलाई हातमा लिएर काम गर्ने गरेको भन्ने विषय उठान गरेर म जस्तो सामान्य कर्मचारीलाई यति ठुलो बनाइदिएकोमा धन्यवाद दिन्छु,तर हल्लाका पछाडि नलाग्न आग्रह गर्दछु । जति समय यो नगरपालिकामा बसेर काम गरिन्छ त्यति समय रामो गर्ने हो । जनताको काम गर्ने हो ।

सापकोटा भन्छन् ‘मेरो चरित्र हत्या गर्न सामाजिक सञ्जालमा मिथ्या कुरा पोष्ट्याइयो ,पुष्टि गर्नुस् पद त्याग्न तयार छु ।’ सापकोटालाई जुन प्रकारका आरोप लागेर समाचारहरु आइरहेका छन् , यस वारेमा उनले सोमबारको पत्रकार सम्मेलन मार्फत आफ्नो धारण राखेका हुन् । उनले विभिन्न विषयहरु समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१