साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०८०, बुधबार ०६:०६

काठमाडौं । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो ।

त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

‘साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पनि स्वीकृत भएको छ,’– सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१