कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधि सभा बैठक स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०८०, बुधबार ०६:०२

काठमाडौं । प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । संसद्मा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि उठेको प्रश्नको जवाफ दिएका थिए ।

गृहमन्त्री श्रेष्ठको जवाफ समस्याको समाधानतर्फ नभएर प्रमुख प्रतिपक्षीलाई नै लान्छना लगाउने र भ्रम छर्ने खाल्को भएको भन्दै एमालेले फेरि संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

अर्को बैठक आगामी साउन २४ गते दिनको एक बजे बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१