ललिता निवास जग्गा प्रकरणमा सर्वोच्चले भन्यो : तत्कालिन मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८०, सोमबार ०६:००

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न आदेश दिएको छ।

आइतबार न्यायाधीशद्धय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न आदेश दिएको हो।

यो आदेशसँगै सो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

तत्कालिन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै सरकारी जग्गा सट्टा भर्ना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया