ल्यापटपलाई सफा गर्दा ध्यान दिनुपर्ने कुराहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८०, आईतवार ०६:५४

काठमाडौँ । ल्यापटप धेरै जसो तपाईंको साथमा रहन्छ । तपाईंसँगै ल्यापटपले यात्रा गर्ने हुँदा यो फोहोर हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । तपाईंले प्रायः हात सफा नगरी टाइप गर्न थाल्नुहुन्छ, जसका कारण तपाईंको ल्यापटपको स्क्रिन र किबोर्डमा ट्वाइलेट सिट जत्तिकै कीटाणु जम्मा हुन्छन् । यसकारण ल्यापटपलाई सफा राख्नु निकै जरुरी छ । ल्यापटप सफा गर्नुअघि माइक्रोफाइबर कपडामा अलिकति पानी वा सफाइ गर्ने सामग्री लगाउनुहोस्, त्यसपछि ल्यापटपको स्क्रिन र किबोर्ड सफा गर्नुहोस् । स्क्रिन सफा गर्दा धेरै दबाब भने दिनुहुँदैन । ल्यापटपमा सिधै पानी वा सफाइ गर्ने सामग्रीहरु प्रयोग नगर्नुहोस् । किनभने यसले ल्यापटपभित्र पसेर तपाईंको ल्यापटपको मदरबोर्डलाई बिगार्छ ।

तपाईंले पहिला माइक्रोफाइबर कपडामा थोरै मात्रामा तरल पदार्थ प्रयोग गर्नुपर्छ । त्यस्तै तपाईंले ल्यापटप सफा गर्न ब्लीच र अमोनिया प्रयोग गर्नुहुँदैन । तपाईंले सादा कपडाले मात्रले पनि दैनिक ल्यापटप सफा गर्न सक्नुहुन्छ ।

धेरै पटक तपाईको खानाका साना कणहरू ल्यापटपको किबोर्ड भित्र छिर्छन् । यदि तपाइँ यी कणहरूलाई धुलोसँगै बाहिर निकाल्न चाहनुहुन्छ भने, तपाईं आफ्नो ल्यापटपको किबोर्डलाई ब्लोअरको प्रयोग गरेर सफा गर्न सक्नुहुन्छ। ल्यापटपको स्क्रिन र किबोर्ड सफा गरेर मात्र पुग्दैन ल्यापटपको चार्जिङ पोर्ट, युएसबी पोर्ट र अडियो पोर्टलाई समयमा ब्रसले सफा गरिरहनुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१