सवारी दुर्घटनामा दुई जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८०, आईतवार ०६:५१

काठमाडौँ । धनुषा र काभ्रेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया लक्षोदेवी दासको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित फरार चालकको खोजी भइरहेको छ ।

यता काभ्रेको बनेपा नगरपालिका-६ बुडोलस्थित सडकमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.-०२-०१३ प ६५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मोरङ घर भई काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय सफल आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१