सरकारी संरचना समस्याग्रस्त हुँदा अर्थतन्त्रमा सुधार हुन सकेन : अर्थमन्त्री प्रकाशशरण महत किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८०, आईतवार ०६:२७

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् । काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार संरचनामा जथाभावि खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए ।

‘कम राजस्व उठ्यो । अर्थतन्त्रमा धेरै कारणले शिथिलता आयो । हामी सबैलाई थाहा छ । विस्तारै यसले फेरी एउटा रफ्तार लिन खोजिरहेको छ ।’

उनले भने ‘ सरकारी संरचनामा पनि धेरै समस्या छन् । समयमै काम गर्ने, हरेक रिर्सोसेजको सदुपयोग गर्ने, इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने, जथाभावि नगर्ने । यसका लागि अझै धेरै काम गर्न बाँकी छ । धेरै समस्या छन् । यसलाई अर्डरमा ल्याउने कोसिस गरिरहेको छु । जुन कार्यक्रममा गयो कार्यक्रमको मनोविज्ञानका आधारमा आश्वासन दिने र उड्न्ते कुरा गर्ने बानीले देशको उन्नति नभएको बताएका उनले भने ‘कुराबाट होइन् कामबाटै प्रमाणित गर्नु पर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१