हृदयघात (हार्ट–अट्याक) हुनबाट बच्ने उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०८०, शनिबार ०६:१०

सविता सिंह ठकुरी । दैनिक जीवनशैलीको परिवर्तन र अव्यवस्थित खानपानले धेरै मानिसहरुको स्वास्थ्यमा असर पारेको छ । जसले गर्दा मानिसहरुको स्वास्थ्यमा हानी गरेको छ । हाम्रो परिवर्तित जीवनशैली र अनावश्यक खानपानले सिधै मुटुलाई असर गर्ने भएकोले विभिन्न प्रकारका रोगसँगै मृत्युसमेत निम्त्याउन सक्छ । त्यसैले हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि धेरै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । हामी जति स्वच्छ वातावरणसँगै घुलमिल भएपनि त्यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पारिरहेको हुन्छ । हाम्रो वरपरको वातावरण र खानपानलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।

हाम्रो अव्यवस्थित जीवनशैली र खानपानले गर्दा प्रत्यक्ष रुपमा असर पार्ने भएकोले हृदयघातजस्तो रोग लाग्न सक्दछ । हुदायघात रोगले मानिसको ज्यान लिने भएकोले यसलाई घातक रोग पनि भन्ने गरिन्छ । हृदयघात रोग लाग्नबाट बच्न हामीहरुले स्वास्थ्य र खानपान मा ध्यान दिनुपर्दछ । हृदयघात रोग लाग्नबाट हामी समयमै सचेत हुनुपर्दछ र यदी केहीगरी लागीहाल्यो भने तुरुन्तै चिकित्सक कहाँ गई चेकजाच गर्नुपर्दछ । हृयाघात रोगबाट बच्न वा मुटुलाई स्वस्थ राख्न हामीले विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१. सबैभन्दा पहिले हृदयघात रोगबाट बच्न मुटुको स्वास्थ्यको बारेमा पनि जान्न जरुरी हुन्छ । कोलेस्टेरोल, ब्लड प्रेसर र सुगरको मात्रा कति छ र कति हुनु हाम्रो शरीर राम्रो हुन्छ भन्ने कुराको जानकारी हुनुपर्दछ ।

२. मुटुमा समस्या खानाको कारणले हुने गर्दछ । हामीले मुटुलाई स्वस्थ राख्नको लागि सबैभन्दा पहिले खानामा ध्यान दिनुपर्दछ । हामीले स्वस्थ खाना खायौं भने हामीलाई हुदयघात हुने सम्भावना कम हुन्छ ।

३. हामीले दैनिक प्रयोग गर्ने तेलले पनि हाम्रो स्वास्थ्यलाई असर पार्ने गर्दछ । तेलको बढी प्रयोग वा एकपटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गर्नाले हामीलाई हृदयघात हुन सक्छ ।

४. हृदयघात हुनबाट बच्न हामीले फलफुल र हरियो सागसब्जी राम्रोसँग धोएर खाने गर्नुपर्दछ ।

५. बाहिर बजारमा पाइने प्याकेजिङ् गरेको वा होटलमा पाइने तेलमा तारेको खानेकुराहरु खानुहुँदैन ।

६. मुटु रोगी वा अन्य व्यक्तिले बिहानको समयमा हिड्ने वा कसरत गर्ने गर्नुपर्दछ । जसले गर्दा शरीरमा एनर्जी बढ्ने र मुटु वाशरीर स्वस्थ रहन्छ ।

७. हृदयघात हुनबाट बच्न हामीले योगा गर्नुपर्दछ । योगाले मुटु रोगीलाई स्वस्थ राख्न मद्दत गर्छ । योगामा मेडिटेसन, कसरत र आसन गर्न सकिन्छ । यो मुटु रोगीलाई मात्र नभई अन्य व्यक्तिको स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ ।

८. हाम्रो शरीरमा कुन रोग लागेको छ, कुन औषधि र कहिलेसम्म खाने भन्ने कुरा थाहा हुन जरुरी हुन्छ । अनावश्यक औषधि सेवन गर्नाले सिधै हाम्रो मुटुमा असर पार्ने र शारीरिक वा मानसिक असर पार्ने समस्या देखिन सक्छ । त्यसैले औषधिको बारेमा राम्रोसँग जानकारी हुनुपर्दछ ।

९. हाम्रो मुटुलाई हानी पु¥याउने धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थ प्रयोग गर्नुहुँदैन । यसले मुटुलाई मात्र नभई फोक्सो, कलेजो र अन्य भित्रि भागमा समेत हानी पु¥याउँदछ ।

१०. प्रशस्त मात्रामा शुद्ध पानी वा जुस पिउने गर्नुपर्दछ । स्टोर गरेर राखेको जुसभन्दा ताजा जुसमा शुद्धता बढी हुने भएकोले ताजा जुस पिउनुपर्दछ ।

११. हृदयघात हुनबाट रोक्न वा मुटुलाई स्वस्थ राख्नको लागि हाम्रो वरपरको वातावरण र भान्साकोठा सफा सुग्घर हुनुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१