सडक मर्मत नहुदा रमुवाका स्थानीयलाइ सास्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८०, शुक्रबार ०५:४४

सुरेश छन्त्याल/ गलकाेट । बर्षा यामको सुरुवात संगै मोटरबाटो बिग्रदा गल्कोट नगरपालिका वडा न १० पाण्डबखानि रमुवाका स्थानीयले समस्या झेल्दै आयका छन ।
१ सय ४३ घर धुरी बस्ती भएको रमुवाको जनता अहिले महँगो खाधन्न आयात सँगै त्यहा उत्पादन भएको आलु विक्री गर्न सास्ती भएको छ । विरामी हुदा अस्पताल समेत जान लाई ३ किलो मिटर बोक्नु पर्ने र बाकी सडक बाटो समेत हिड्न कठिनाई भएको स्थानी चक्र बहादुर रानाले जानकारी दिनु भएको छ ।

अहिले हटिया बागलुङ बाट लिएको खाधन्न खराब बाटोका कारन बिच बाटो बाटै स्थानीयलाई बोकाएर सामान पसल सम्म पुयाउन परेकोले बुद्ध किराना पसलका सञ्चालक बुद्ध विकले जानकारी दिनु भएको छ । बाटो मर्मतका लागि नगरपालिकाले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।
सवारी साधन तथा पैदल यात्रा गर्न समेत कठिनाई भए पछि स्थानीयले श्रमदान गरेर बाटो मर्मत को प्रयास समेत थालेका छन । आफ्रनो उत्पादित नगदे बालि आलु समेत विक्री गर्न नसकेको र आलु एउटै घरमा ३० मुरी भन्दा माथी उत्पादन गरेको स्थानियको भनाई रहेको छ ।
बाटो बर्षाको समय भएकोले मर्मत गर्दा पनि पटक पटक विग्रीने गरेकोले १ वर्ष सम्मको लागी कन्ट्रसनले नै काम गर्नु पर्ने भएकोले आफुले ठेकेदार लाई ध्यानाकर्षण गराएको गल्कोट नगरपालिका वडा न १० अध्यक्ष भक्त काउचाले बताउनु भएको छ ।

बाटो मर्मतको लागि सघन सहरी विकास कार्यक्रम अन्तरगत को १ करोडको रकमलाई सर्बशिद्ध कन्ट्रसनले ठेक्का मार्फत काम गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१