रणवीर र आलियाको ‘रकी और रानीकी प्रेम कहानी’ ले पाँच दिनमा कति कमायो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८०, बिहीबार ०५:५४

बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पाँच दिनमा ६० करोड २२ लाख भारू कमाएको छ।

गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा ११ करोड १० लाख भारूमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन १६ करोड ५ लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन ७ करोड २ लाख र पाँचौं दिन ७ करोड ३० लाख भारू कमाएको हो।

यो फिल्मले विश्वभरबाट १०० करोड भारूमाथि कमाइ गरेको छ। निर्देशक करण जोहरले सामाजिक सञ्जालमा फिल्मको कमाइ सार्वजनिक गर्दै लेखेका छन्, ‘रकी और रानीकी प्रेम कहानीलाई दुनियाँ भरबाट माया दिनुभएकोमा धेरै-धेरै धन्यवाद।’

यो फिल्मको बजेट १६० करोड बताइएको छ।

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। यसअघि उनले ‘ए दिल हे मुस्किल’ निर्देशन गरेका थिए।

हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१