रग्बी यू-२० सेभेन्स प्रतियोगिता भदौ पहिलो साता दशरथ रंगशालामा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८०, बिहीबार ०५:५२

काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी यू-२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै भदौ २ र ३ गते त्रिपुरेश्वरस्थित रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो।

प्रतियोगिताको पुरुषमा नेपाल सहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकको भनाइ छ।

यस्तै महिलातर्फ नेपाल, थाइल्याण्ड र मलेसियाको सहभागिता रहने छ।

प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ। लिगमा पहिलो र दोश्रो हुने टिमका विच उपाधिका लागि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको बिजयी टिमले एशिया रग्बीको ट्रफी प्राप्त गर्नेछन्। प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एसिया रग्बीसँग अनुवन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिईरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए।

यसै क्रममा नेपाल रग्बी संघ र गोक्योबीच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ। जसमा गोक्योले रग्बी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ। नेपाल रग्बी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौता पत्रमा हस्ताक्षर गरे।

Ncell
यसैगरि संघले भक्तपुर ईन्टरनेशनल हस्पिटलसँग पनि सम्झौता गरेको छ। संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजी कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१