गोपनीयता भंग हुने डरले बैठक लाइभ गरेनौं: माधव सापकोटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८०, बिहीबार ०५:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटाले गोपनीयता भंग हुने डरले पार्टीको केन्द्रीय समितिको बैठक लाईभ नगरिएको प्रष्ट पारेका छन् ।

पार्टीको आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा उपस्थित हुन आएका सापकोटाले सञ्चारकर्मीसँग कुराकाकी गर्दै बैठक लाईभ गर्नु अहिलेको आवश्यक्ता भएपनि व्यवस्थापन पक्ष र गोपनीयताको पूर्ण सुरक्षा नहुँदा असहज भएर बैठक लाइभ नगरिएको बताएका छन् ।

उनले भने, ‘बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनीयता भंग हुन्छ । त्यसलाई आन्तरिक रूपमा सीमित गरिएको हो’ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उद्धघाटन गरेर छलफलको विषयहरू राखिसकेपछि १८ जना केन्द्रीय कमिटी सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१