प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८०, बिहीबार ०५:४०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौति दिँदै आफ्ना भनाई राखेका छन् ।

पार्टीमा परिवारवाद लादेकोदेखि छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएकोमा समेत केन्द्रीय सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्यहरुले पार्टी रुपान्तरणको खाँचौ औंल्यउँदै रुपान्तरण प्रचण्डबाटै सुरु हुन आवश्यक रहेको बताए । आगामी महाधिवेशनबाट पनि प्रचण्डले पार्टी अध्यक्षको चाहना राख्ने भए चुनाव लड्न तयार हुनुपर्ने उनीहरुको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१