हरेक ग्रील तथा स्टील ब्यवसायीहरुको घाउमा मल्हम लगाउन प्रयत्न गर्ने छौं — शैलेस ठकुरी

evccfn@gmail.com' rastriyakhabar
१७ श्रावण २०८०, बुधबार २२:००

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिमक्षेत्रका अध्यक्ष शैलेस ठकुरीले आफुले नेतृत्व गरेको संगठनको तर्फबाट हरेक ग्रील तथा स्टील ब्यवसायीलाई साथ र सपोर्ट रहने बताउनु भएको छ ।
संघकै बालाजु, गोंगबु इकाईका ग्रील तथा स्टील ब्यवसायी स्वर्गिय शेर बहादुर थिङको परिवारलाई थिङकै घरमा पुगेर समवेदना दिएपछि उहाँले यस्तो बताउनु भएको हो ।
वि.पि. अस्पताल बसुन्धराको लापर्वाहिको कारण शेर बहादुर थिङको मृत्यु भएको भन्दै यस्ता अस्पतालहरुलाई सरकारले निगरानि गरेर कार्वाहि गर्नु पर्ने अध्यक्ष ठकुरीको भनाई छ ।
स्वर्गिय थिङ अस्पतालको शैयामा रहँदा पनि ग्रील तथा स्टील ब्यवसायी संघका सबै समितिबाट सहयोग र अस्पताल प्रशासन संग पटक पटक वार्ता र छलफल भएका थिए ।
तत्कालिन अवस्थामा २०७९ साल चैत्र १९ अस्पतालको लापरवाहीका कारण कोमामा रहेका थिङको उपचारको लागि विगतमा खर्च भैसकेको रकम र बाँकीको उपचार खर्च अस्पतालले व्यहोर्नु पर्ने र विरामीकी श्रीमती वा छोरी मध्य कोही एकलाई स्थाइ रोजगार समेत अस्पतालले प्रदान गर्नु पर्ने माग सहित वार्ता गरिएको थियो ।
अस्पताल प्रशासनले स्वर्गिय थिङको परिवारलाई बिभिन्न आश्वासन देखाई थिङलाई अस्पतालबाट डिस्चार्ज गराई घरमै पुर्यादिएपछि केहि समय पछाडि २०७९ जेठ ३२ गते थिङको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१