भ्रष्टाचार बिरुद्धका अभियन्ताहरु भन्नुहुन्छ “भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्छ”

evccfn@gmail.com' rastriyakhabar
१७ श्रावण २०८०, बुधबार २०:४८

काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नितिलाई अबलम्बन गर्दै शान्ति,बिकास र उत्पादनको दिशामा अगाडी बढ्नु अहिलेको सरकारको मुख्य काम भएको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संघर्ष समितिका संयोजक भविश्वर पराजुलीले बताउनु भएको छ ।
आज नयाँबसपार्क बिजि मल अगाडी भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संघर्ष समिति र नेपाल सांस्कृतिक समाजको आयोजनामा भएको कार्यक्रममा बोल्दै भ्रष्टाचार बिरुद्धको अभियन्ता भविश्वर पराजुलीले यस्तो बताउनु भएको हो ।
जन गायकको रुपमा परिचय बनाउन सफल ऋषि अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रुकमिणी जाग्रीले राख्नु भएको थियो भने वक्ताको रुपमा बसन्त बहादुर भुजेल,हरि तामाङ,पहल सिंह परियार र भविश्वर पराजुली रहनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अब सबैले टोल टोलबाट भ्रटाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्ने र सरकारले भ्रष्टाचार बिरुद्ध निर्मम भएर लाग्नु पर्ने तर्क राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल सांस्कृतिक समाजका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१