न्यूरोडमा ८ तलाबाट हामफालेका व्यापारी गुप्ताको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८०, बुधबार ०६:११

काठमाडौँ । काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् ।काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका छन् । उनी कपडाको व्यापार गर्दै आएका थिए । मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१