काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थित भसुन्थलीमा युवतीको हत्या भएको छ । चक्कु प्रहार गरेर सप्तरी घर भएर बुढानीलकण्ठ बस्ने २८ वर्षीया अनिता चौधरीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए । साउन १४ मा बोहराले अनितालाई चक्कु प्रहार गरेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।
छिमेकमा बस्ने बोहराले राति साढे ९ बजेतिर अनितालाई चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया