विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८०, बुधबार ०५:४३

काठमाडौं । उच्च अदालत विराटनगरले विना इजातज बैंक तथा वित्तिय कारोबार र ठगी आरोपमा जेल परेका लालबहादुर विश्वकर्मासहित तीन जनालाई सफाई दिएको छ । न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले उनीहरुलाई सफाई दिएको हो ।

सफाई पाएका विश्वकर्मासँग तीन करोड १४ लाखभन्दा बढी विगो जरिवाना माग दाबीसहित अभियोग पत्र पेश भएको थियो । उक्त मुद्दामा कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्च अदालतले सफाइ दिइएको छ ।

विश्वकर्मा सिंहदेवी ज्वेलर्समा कालिगढको रुपमा कार्यरत थिए । उक्त ज्वेलर्सविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा कालिगढ विश्वकर्मालाई पनि प्रतिवादी बनाइएको थियो ।

उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर हुन् । गजमेरको हकमा भने उच्च अदालतले जिल्ला अदालत सुनसरीकै फैसला सदर गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१