मृगौला पीडितको मोहन दर्जीको सहयोगको याचना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार १६:०७

mankumarबिर्तामोड १२ कार्तिक  । झापा बुधबारे ३ होक्सेका मोहन दर्जीको दुवै मृगौला

खराब भएपछि उनले उपाचार सहयोगको लागि याचना गरेका छन् । २ महिना अघि
स्वास्थ्यमा एकाएक समस्या देखिएपछि दर्जीले बिर्तामोडको मेडिका हस्पिटलमा जाँच
गराएका थिए । मृगौलामा खराबी देखिएको भन्दै अस्पतालले दर्जीलाई अन्यत्र लैजान
सल्लाह दिएको थियो । काठमाडौंको टिचिङ अस्पतालमा चेकजाँच गराउँदा उनको दुवै
मृगौलामा खराबी देखिएको उपचारमा संलग्न चिकित्सक डाक्टर शैलेश श्रेष्ठले बताए ।
चिकित्सकले उनको मृगौला तत्काल प्रत्यारोपण गर्न सुझाब दिएका छन् । दर्जीको
मृगौला प्रत्यारोपण गर्न १० लाख रुपैयाँ लाग्ने बताइएको छ । २ महिना भित्रमा
उनको मृगौला प्रत्यारोपण गरिसक्नु पर्नेछ र मृगौला प्रत्यारोपणपछि उनको
स्वास्थ्य सामान्य हुने चिकित्सकले बताएका छन् । तर, त्यतीको रकम परिवारसँग नहुँदा
दर्जीको उपचारमा समस्या देखिएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले
उनकोे उपचारमा सहयोग गर्न आग्रह गरिएको छ । दर्जीकोे जीवन बचाउँन
स्थानीयस्तरमा सहयोग संकलन समिति गठन गरिएको बुधबार बिर्तामोडमा आयोजित
पत्रकार सम्मेलनमा जानकारी दिइयो । मोहनप्रसाद तिम्सिनाको संयोजकत्वमा १३ सदस्यीय
समिति गठन गरिएको छ । समितिले दर्जीको उपचारका लागि सहयोग संकलन शुरु गरेको
छ । दर्जी १ बर्ष अघि बैदेशिक रोजगारमा गएर फर्किएका हुन् । समितिले उनको
उपचार्थ सहयोग गर्न इच्छुकलाई बिर्तामोडको ग्लोबल आई.एम. ई. बैंकको खाता
नम्बर ३३०९०१२६५००१२ मा जम्मा गरिदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१