चिरीबाबुलाई राष्ट्रपति रामचन्द्र पौडेलले छाता ओढाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८०, मंगलवार ०५:५३

काठमाडौं । सामान्यतया नेपालमा आफूभन्दा उपल्लो पद, उमेर वा अशक्त व्यक्तिलाई छाता ओढाउने चलन रहेको छ ।
आफुभन्दा ठूलालाई सानाले र ठूला पदका व्यक्तिलाई उनका सहयोगीले घाम वा वर्षामा छाता ओढाइरहेको हामीले देखेकै हो ।
तर, शुक्रबार बिहान ललितपुरको पाटनमा फरक दृश्य देखिएको छ। जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई छाता ओढाइरहेको देखिन्छ ।

राष्ट्रपति पौडेल  बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन तथा पाटन संग्रहालयको अवलोकन गर्न जाने क्रममा मेयर महर्जन उनलाई स्वागत गर्न पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१