संसदीय छानविन समिति बनाउन तयार भएनन् प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८०, मंगलवार ०५:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा संसदीय छानविन समिति बनाउन नसकिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा अहिले राजश्व अनुसन्धान विभाग र प्रहरीले छानविन गरिरहेको भन्दै संसदीय समिति बनाएर छानविन प्रक्रिया अगाडि बढाउँदा अनुसन्धानमा असर पर्ने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अहिले संसदीय छानविन समिति बनाउन नसकिने बताएको स्रोतको दाबी छ । संसदीय छानविन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्ने भएपछि आजको प्रतिनिधि सभा बैठक नबसी स्थगित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१